अत्याधिक गर्मीका कारण बन्द हुनथाले विद्यालयहरू

जनकपुरधाम- मधेसमा केही दिनयता अत्याधिक गर्मी बढेर जनजीवन कष्टकर भएपछि विद्यालयहरू बन्द हुनथालेका छन्।

अत्याधिक गर्मीका कारण बालबालिकालाई विद्यालय आवतजावत गर्न कठिनाइ हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि विद्यालयहरू बन्द हुन थालेका हुन्।

बीरगञ्ज महानगरपालिकाले अत्याधिक गर्मीका कारण तीन दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै महानगरपालिकाले जेठ १६ देखि १८ गतेसम्म महानगरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

सोमबार मेयर राजमान सिंहको उपस्थितिमा बसेको महानगरको शिक्षा समितिको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार गणतन्त्र दिवस परेकाले बुधबारदेखि विद्यालयहरूमा बुधबारदेखि बिदा दिने निर्णय महागनरपालिकाले गरेको हो।

यस्तै गर्मी अध्याधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले पनि विद्यालयमा बिदा दिएको छ।

अत्याधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यम असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सोमबारदेखि जेठ १८ गतेसम्म मातहतका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

अत्याधिक गर्मीका कारण ‘लू’ लाग्ने, कक्षा कोठामै विद्यार्थीहरू बेहोस हुने जस्ता समस्या देखिएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *