DHKHABAR

All news at one place

अन्तरवार्ता

‘प्रदेसका नागरिकलाई उपचारका लागि बाहिर जान नपर्ने गरी काम गरिरहेका छौं’

जनकपुरधाम- स्वास्थ्य सेवाका क्षेत्रमा मधेस प्रदेसको गुणस्तरलाई खासै उच्च मूल्यांकन गरिँदैन। जनशक्ति र पूर्वाधारको अभाव स्वास्थ्य क्षेत्रका लागि मुख्य चुनौतीको रूपमा हेरिएको छ। स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँचका लागि प्रदेस सरकारले कसरी काम गरिरहेको छलगायतका विषयमा आधारित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र्रप्रसाद सिंहसँग डिएच खबरले गरेको संक्षिप्त कुराकानी :

तुलनात्मक रूपमा मधेस प्रदेसमा स्वास्थ्य क्षेत्रको अवस्था खासै राम्रो मानिँदैन। तपाईंले कसरी हेर्नुभएको छ?

अहिले बिस्तारै सुधार हुँदै गएको छ। सरकारको हरसम्भव प्रयास मधेसको स्वास्थ्य अवस्थालाई कसरी माथि उकास्ने त्यसतर्फ केन्द्रित रहेको छ। यसका लागि हामी दिनरात काम गरिरहेका छौं। बाँकी रहेका समस्याहरू पनि चाँडै अन्त्य हुन्छ भन्ने हाम्रो विश्वास छ।

यो प्रदेसमा स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति मुख्य चुनौती रहेको ठानिन्छ नि?

यसपालि हामीहरूले जिल्ला प्रादेशिक अस्पतालहरूको स्तरोन्नति गरेका छौं। जसमध्ये ६ वटा १५ देखि २५ बेडका अस्पताललाई १०० बेड, पाँचवटा नया जिरो बेडको अस्पताललाई ५० बेड र जनकपुर प्रादेशिक अस्पताललाई विशिष्ट श्रेणीको अस्पताल बनाउने हाम्रो नीति कार्यक्रमदेखि बजेटसम्म आएको छ।

र, यसलाई कागजमामात्रै सीमित नगरेर व्यवहारमा लागू गर्नका लागि हामीले स्तरोन्नति गरेका अस्पतालहरूको बेड संख्याअनुसारको इक्विपमेन्ट, जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापनका लागि तीनवटै क्षेत्रमा बजेट विनियोजन गरेका छौं।

बजेटहरू कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको छ। जनशक्तिका लागि पनि तपाईंहरूले पनि हेर्नुभएको होला हामीले विज्ञापन खोलेका छौं। छनोट प्रक्रिया जारी नै छ।

त्यस्तै इक्विपमेन्टहरूको खरिद प्रक्रिया पनि अगाडि बढिसकेको छ। दीर्घकालीनरूपमा काम लाग्ने गरी भौतिक पूर्वाधारको डिपिआर गर्ने काम पनि भइरहेको छ।

नभइ नहुने भौतिक पूर्वाधकारका लागि पनि टेन्डर प्रक्रिया अगाडि बढेको छ। यो वर्षको वैशाख जेठदेखि नीति कार्यक्रममा आएअनुसार सय बेड र ५० बेड तथा जनकपुर अस्पतालाई विशिष्ट श्रेणीको अस्पतालमा रूपान्तरण गरेर व्यवस्थित गरेर जिल्ला र जनकपुर प्रादेशिक अस्पतालमा सहज रूपमा गुणस्तरीय उपचार हुनेगरी कार्यक्रम अगाडि बढाएका छौं।

प्रदेसको नागरिकलाई उपचारका लागि बाहिर जान नपरोस् त्यसका लागि कस्ता प्रयासहरू भइरहेका छन्?

एकदम। व्यवस्थापनको कमीले अस्पतालहरू लथालिङ्ग थियो र सानोतिनो केस पनि रेफर गर्नुपर्ने अवस्था थियो, त्यसलाई पूर्णरूपमा अनुगमन गरेर त्यहाँ के कति कारणले गर्दा त्यो अवस्था अएको हो त्यो सबै कुरा बुझेर नीति बनाइ काम अगाडि बढाएको छौं।

अवस्थालाई बुझेर प्रत्येक जिल्ला अस्पताललाई सय बेडको बनाएका छौं। सय बेडका लागि आवश्यक इक्विपमेन्ट, जनशक्ति र पूर्वाधारका कुरा पनि यसपालिदेखि नै परिपूर्ति गर्ने लक्ष्यअनुसार हामी अगाडि बढिसकेका छौं।

खासगरी जनकपुर अस्पतालमा न्युरो युनिट, बर्न युनिट, कार्डिएक युनिट, अस्ति नै क्याथ ल्याबको उदघाटन भएको छ। एक दुई हप्तामा हामी एमआरआइको पनि उदघाटन गर्न जाँदैछौं।

यसपालिदेखि न्युरो युनिट पनि व्यवस्थित हुन्छ। मोडलर ओटी पनि सञ्चालनमा आइसकेको छ र कार्डिएक युनिट पनि हामी यसपालिदेखि व्यवस्थित ढंगबाट सञ्चालन गर्ने प्रयासमा छौं।

प्रदेसमा नै स्वास्थ्योपचारका सुविधा उपलब्ध हुन्छ भन्नेमा नागरिक ढुक्क भए हुन्छ त?

प्रदेसका नागरिकले प्रदेसमै स्वास्थ्य सुविधा पाउन् भन्ने हिसाबले सरकार र मेरो मन्त्रालयले काम गरिरहेको छ। जनकपुरलाई विशिष्ट अस्पतालमा रूपान्तरण गर्दै क्यान्सर उपचारको व्यवस्थाका लागि पनि हामी चाँडै प्रक्रिया अगाडि बढाउँदैछौं।

जनकपुरलाई पूर्ण व्यवस्थित बनाएर विशिष्ट श्रेणीको अस्पताल बनाउने र बाँकी जिल्ला अस्पतालहरूलाई सय बेडको बनाउने र जहाँ जनसंख्याको बढी चाप छ त्यहाँ बेड थप पनि गर्न सकिन्छ।

सर्लाही, सप्तरी, वीरगञ्जमा हामीले बेड थपेका छौं, त्यसलाई पनि व्यवस्थित ढंगबाट सञ्चालन गर्नतर्पm हामी लागेको छौं।

पदपूर्तिका लागि दरखास्त आह्वान भइसकेको छ। त्यहाँबाट जनशक्तिहरू आइसकेपछि मलाई लाग्दैन अपवाद त भन्न सकिँदैन तर अहिलेको जुन अवस्था छ त्यो हुँदैन।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *