फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ।

निगमले जनाएअनुसार खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ।

यसअघि निगमले माघ १७ गते इन्धनको मूल्य बढाएको थियो

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *