अरुण चौधरीलाई हाजिरी जमानीमा छाड्ने न्यायाधीशको मुगु सरूवा

काठमाडौं- बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई हाजिरी जमानीमा छाड्न आदेश दिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु सरूवा भएको छ।

प्रधानन्यायाधीश एवं न्याय परिषदका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई सोमबार मुगु जिल्ला अदालत काज सरूवा गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

आचार्यले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अनियमितता प्रकरणमा दुई दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवादीहरूलाई हाजिरी जमानीमा छाड्न आदेश दिएका थिए।

यो आदेशपछि बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएका थिए।

न्यायाधीश आचार्यको इजलासले गरेको आदेशमा ‘हजारौं नागरिकलाई रोजगारी प्रदान गरी अभिभावकको रूपमा रही आएको देखिँदा जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा यी प्रतिवादीहरूलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको’ भनिएको थियो।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *