काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ।
सोमबार चालु आर्थिक वर्ष २०८१/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो।
अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्यांकनको आधारमा बजेटको लक्ष्य घटाएको बताए।
उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशतमात्रै खर्च हुने अवस्था रहेको जानकारी दिए।
सरकारले चालु आर्थिक वर्षमा रू. १७ खर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरेकोमा रू.१५ खर्ब ३० करोड ६२ लाख खर्च हुने संशोधित अनुमान गरेको हो।
यो कुल विनियोजित रकमको ८७.३८ प्रतिशत हो।
यस्तै सरकारले रू. १० खर्ब ७ अर्ब ४५ करोड ४७ लाख अर्थात विनियोजनको ८८.२४ प्रतिशत र पुँजीगततर्फ रू.२ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात विनियोजनको ८४.१३ प्रतिशत खर्च हुने अनुमान गरेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व र आन्तरिक ऋण रू.१३ अर्ब ३० करोड रहने संशोधित अनुमान रहेको छ।
त्यस्तै चालुतर्फ ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुनेगरी लक्ष्य निर्धारण गरिएको छ।
Leave a Reply