DHKHABAR

All news at one place

समाचार

गृहले भन्यो – फागुन १ गते सार्वजनिक बिदा छैन

काठमाडौं- सरकारले फागुन १ गतेका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ।

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो।

गृहका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषदको २०८० माघ २५ गते बसेको बैठकको निर्णयअनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिएका छन्।

नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको गृहले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि गत वर्ष सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सरकारको यो निर्णयको चौतर्फी आलोचना हुनुका साथै सर्वोच्चमा रिट निवेदन परेको थियो।

हालसालै सर्वोच्चले जनयुद्ध दिवसको बिदा नदिन फैसला सुनाएको छ।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *