सिरहाबाट एक युवक पेस्तोलसहित पक्राउ

जनकपुरधाम- प्रहरीले सिरहाबाट एक युवकलाई हतियारसहित पक्राउ गरेको छ।

प्रहरीले सिरहा औरही गाउँपालिका–४ कमलपुर बस्ने अन्दाजी २० वर्षका सरोजकुमार यादवलाई हतियारसहित पक्राउ गरेको हो।

वडा प्रहरी कार्र्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक अमितकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले यादवलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिका–७ मा डेरा गरेर बसिरहेका औरही ३ का सञ्जीतकुमार यादव र उनकी बहिनी सञ्जीता यादवसँग सरोजले बादविवाद गरेका थिए।

सञ्जीतको डेरामा विवाद भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। विवादबारे बुझ्न रायको कमान्डमा पुगेको प्रहरी टोलीले सरोजको शरीर खानतलासी गरेको थियो।

खानतलाशीको क्रममा उनको साथबाट एक थान कटुवा पेस्तोल बरादम भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ सरोजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *