काठमाडौं- हंगेरीका राष्ट्रपति कैटलिन नोवाकले एक टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत राजीनामाको घोषणा गरेका छन्।
बालबालिकाको यौन शोषण मामिलामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गराएकोप्रति खेद प्रकट गर्दै उनले राजीनामाको घोषणा गरेकी हुन्।
राष्ट्रपति नोवकले गत साता यौन शोषण मामिलामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकी थिइन्।
यो निर्णयलाई लिएर हंगेरीमा लगातार विरोध भइरहेको थियो र उनको राजीनामाको माग उठेको थियो।
नोवाकले टेलिभिजनमा लाइभ आएर आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै सजाय माफ गर्दा गल्ती भएको बताइन्।
Leave a Reply