देउवाको आक्रोश – लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गरौं

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

शुक्रबार कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

भाषण सुन्ने मानिस खाली भए पनि नेताहरू भाषण गरिरहेको देखिएको भन्दै देउवाले आक्रोश व्यक्त गरे।

उनले उदघोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने बताए।

‘मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई सुनाउनुपर्ने हुन्छ,’ उनले भने।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *