DHKHABAR

All news at one place

राजनीति

सिके राउतको नजरमा जसपा : माओवादीको भातृ संगठन

काठमाडौं- सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यासको विषयलाई लिएर विवाद चर्किएपछि जनमत पार्टी मधेस प्रदेस सरकारबाट बाहिरियो।

आफ्ना दुवै मन्त्रीलाई फिर्ता बोलाएर जनमतले जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो।

अंकगणितको हिसाबले जनमतको समर्थन फिर्ताले यादव नेतृत्वको सरकारलाई केही फरक त परेको छैन। तर, विधानबमोजिम विश्वासको मत लिन उनी बाध्य भएका छन्।

आफ्नो पार्टीबाट शिक्षामन्त्री बनेका महेसकुमार यादवलाई जानकारी नै नदिइ विश्वविद्यालयको शिलान्यास कार्यक्रम राखिएकोमा जनमत पार्टी रूष्ट बनेको थियो।

उसको अर्को असन्तुष्टिको कारण थियो– शिलान्यास कार्यक्रमका प्रमुख अतिथि।

विश्वविद्यालय शिलान्यास कार्यक्रमका प्रमुख अतिथि थिए, जसपा अध्यक्ष उपेन्द्र यादव।

कृषि विश्वविद्यालय सप्तरीबाट राउत प्रतिनिसभा सदस्यमा निर्वाचित निर्वाचन क्षेत्रमा पर्छ। उनले त्यही क्षेत्रबाट जसपा अध्यक्ष यादवलाई गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा पराजित गरेका थिए।

मधेसलाई आधार बनाएर राजनीतिक गतिविधि गर्दै आइरहेका जनमत र जसपा एकअर्काका कडा प्रतिद्वन्द्वी देखिन्छन्।

विश्वविद्यालय शिलान्यास विवादबमात्रै होइन जनमत पार्टीले मधेस प्रदेसमा सरकारको नेतृत्व गरिरहेको जसपामाथि भ्रष्टाचारमा डुबेको आरोप निरन्तर लगाउँदै आइरहेको छ।

सत्ता साझेदार रहँदै केही दिनअघि मुख्यमन्त्री यादवले सरकारको एक वर्षको उपलब्धि सावजनकीक गरिरहेको कार्यक्रममै जनमतका कार्यकर्ताहरू विरोधमा उत्रिए।

कार्यक्रम हलभित्रै नाराबाजी गरेका उनीहरूले मधेस प्रदेस सरकार भ्रष्टाचार केन्द्रीत भएको आरोप लगाए।

कतिपय राजनीतिक विश्लेषकहरू मधेस प्रदेसमा मजबुत दलको रूपमा उभ्रिएको जसपालाई निशाना बनाएर जनमत पार्टी आफ्नो प्रभुत्व जमाउन खोजेको तर्क गर्छन्।

जनमत पार्टीका अध्यक्ष राउतले गत आइतबार पार्टीको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा जसपाले मधेस प्रदेसमा भ्रष्टाचार संस्थागत गरेको आरोप लगाएका छन्।

राउतले जसपालाई माओवादी केन्द्रको भातृ संगठनसमेत भनेका छन्।

जसपातर्फ इंगित गर्दै उनले प्रतिवेदनमा भनेका छन्,‘यस पार्टीको राजनीतिक विचारधारा नेकपा माओवादी केन्द्रभन्दा फरक छैन। तर, मधेस आन्दोलनमा ५४ जना मधेसीहरूले सहादत दिएको बलिदानी र २०६३ चैत ७ को गौरनरसंहारलाई आधार बनाएर शक्ति आर्जित गर्दै मधेसमा प्रभाव जमाएको र राष्ट्रिय राजनीतिमा खासै चासो नराख्ने शक्ति हो।’

राउतले जसपा विगतमा पनि माओवादीको भातृ संगठन रहेको अहिले पनि माओवादीलगायतका दलहरू सम्मलित समाजवादी मोर्चाको एक घटक रहेको जिकिर गरेका छन्।

‘मधेसी जनअधिकार फोरमबाट संघीय समाजवादी फोरम, समाजवादी पार्टी नेपाल हुँदै नाम फेर्दै बनेको पार्टी हो। मधेसी जनअधिकार फोरम नेकपा (माओवादी) को भातृसंगठनको रूपमा रहेको थियो र हाल पनि नेकपा(माओवादी केन्द्र), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नोपल कम्युनिस्ट पार्टीको साथमा समाजवादी मोर्चाको एक घटकको रूपमा रहेको छ,’ राउतको प्रतिवेदनमा उल्लेख छ।

जसपाले गणतन्त्र र संघीयताको पक्ष लिए पनि मधेस प्रदेस सरकारमा भ्रष्टाचार संस्थागत गरेको, मधेसमा जातीय दंगा गराउन खोजेको आरोप राउतले लगाएका छन्।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *