जनकपुरधाम- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार प्रदेस प्रहरी समायोजनको प्रक्रियामा रहेको बताएका छन्।
बिहीबार महोत्तरीको बर्दिवासमा मधेस प्रदेसका प्रशासनिक एवं सुरक्षा प्रमुखहरूसँग आयोजित समीक्षा कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
गृहमन्त्री श्रेष्ठले मधेस प्रदेसको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिँदै आवश्यक निर्देशन दिएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेस प्रमुखहरूले प्रदेसको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए।
गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न निर्देशन दिँदै त्यसविरूद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउनतर्फ अग्रसर हुनुपर्ने बताए।
उनले यी सबै योजनामा प्रदेस र पालिका सरकारसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिए।
धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको बताए।
Leave a Reply