नापी सर्भेक्षक १ लाख घुससहित पक्राउ

काठमाडौं- नापी कार्यालय कलंकीका सर्भेक्षक र एक जना लेखापढी व्यवसायी एक लाख घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेललाई घुससहित पक्राउ गरेको हो।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा चौलागाईं र पोखरेललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *