DHKHABAR

All news at one place

समाचार

बेथितिको मुल जरो सरकार : अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुकमा बेथितिको मूल जरो नै सरकार रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सिंहले सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिँदै गएको उल्लेख गरे।

‘सरकारको संरक्षणमा, सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशको तमाम सार्वजनिक सम्पत्ति लुटिँदैछ,’ उनले भने,‘अहिले भर्खरै बाँसबारी जग्गाको कुरा आएको छ। सरकारले समात्यो तर दुई घन्टा नहुँदै प्रधानमन्त्रीदेखि लिएर गठबन्धनका नेताहरूको फोन तारन्तार जान थाल्यो, छोडिदिनुप¥यो भनेर।’

व्यापारीको पैसा खाएर राजनीतिक दलका नेताहरू बाँचिरहेको उनले बताए।

सांसद सिंहले सत्ता गठबन्धनको कुन दलको संलग्नतामा बालमन्दिरको जग्गा बेचिएको भनेर प्रश्न गरे।

‘म सोध्न चाहन्छु, सत्ता गठबन्धनको कुन दलको संलग्नतामा बाल मन्दिरको जग्गा कब्जा गरियो? सत्ता गठबन्धनको कुन दलको संलग्नतामा कमलपोखरीको छायाँ सेन्टर लुटियो? म राणाकालीन डकुमेन्ट लिएर आएको छु, सत्ता गठबन्धनकै नेताको त्यहाँ सेयर छ,’ उनले भने।

सिंहले राजनीति दल खडा गरेर देश लुट्ने लाइसेन्स लिइएको आरोप लगाए। उनले भने,‘राजनीतिक दल खडा गरेर देश लुट्ने लाइसेन्स लिएको होइन? जनतालाई विदेश पठाउने अनि आफू मोजमस्ती गर्ने?।’

राजनीतिक दलमाथि देश र जनताको विश्वास उठ्दै गइरहेको उनले बताए।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *