‘विश्वविद्यालयको नेतृत्व नियुक्ति भागबन्डाका आधामा नगरौं’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्त नगर्न सरकारलाई सुझाव दिएका छन्।

बधुबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा नगर्न सरकारलाई सचेत गराए।

नागरिकले प्रश्न नउठाउने गरी विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले संघीयतासँग सम्बन्धित कानुन निर्माणमा सरकारले संसदको चालु अधिवेशनमा विशेष ध्यान दिन विश्वासमेत व्यक्त गरे।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *