माइक्रोसफ्टले टिकटक खरिद गर्न सक्ने, ट्रम्पले दिए संकेत

जनकपुरधाम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत दिएका छन्।

टिकटक खरिदका लागि निलामीका लागि लाग्ने बोली हेर्न आफू इच्छुक रहेको ट्रम्पले बताएका हुन्।

गएको साता ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो। ७५ दिनभित्र अमेरिकी कम्पनीको हातले बिक्री नभए टिकटकमाथि प्रतिबन्ध लगाइने आदेशमा भनिएको छ।

यसअघि टिकटकको पैरेन्ट कम्पनीको तर्फबाट अमेरिकी कारोबार खरिद गर्ने प्रयासमाथि सर्वोच्च अदालतले रोक लगाएको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *