गाजास्थित रेडक्रसको कार्यालयमा आक्रमण

जनकपुरधाम- गाजास्थित रेडक्रसको कार्यालयमा हमला हुँदा शरण लिएका २२ जनाको मृत्यु भएको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले गाजास्थित उसको कार्यालयमा आक्रमण भएको जनाएको हो।

आइसिआरसीले शुक्रबार दिउँसो भारी क्षमता भएको रकेटले रेडक्रसको अन्तर्राष्ट्रिय समितिको कार्यालय र बस्ती भएको क्षेत्रमा आक्रम गरिएको जनाएको छ।

नागरिक र मानवीय सहायतालाई क्षति पुग्न नदिन सबै सचेत हुनुपर्ने उसले बताएको छ।

आक्रमणबाट आफ्नो कार्यालयमा क्षति पुगेको आइसिआरसीको भनाइ छ।

हमलाबाट २२ जनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताइएको छ।

यता हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले हमलामा २५ जनाको मृत्यु भएको र ५० जना घाइते भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले इजरायलको तर्फबाट आक्रमण भएको दाबी गरेको छ।

इजयारयली डिफेन्स फोर्स (आइडिएफ) ले भने यो क्षेत्रमा आफूहरूले कारबाही नगरेको जनाएको छ। (बिबिसी)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *