जनकपुरधाम- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा संघीयताको जननी मधेस रहेको बताएका छन्।
सोमबारदेखि जनकपुरधाममा सुरू भएको जसपा नेपालको राष्ट्रिय महाधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपालमा जातिवाद, वर्गवाद अझै यथावत रहेको बताउँदै उनले परिवर्तनका लागि थप संघर्षको आवश्यक्ता रहेको उल्लेख गरे।
नेता विप्लवले उत्पीडनविरूद्ध क्रान्ति गर्नेहरूलाई राज्यले अपराधी बनाउने षडयन्त्र गरिरहेको बताए।
केही परिवर्तन भए पनि जनता अझै पूर्णरूले अधिकारसम्पन्न हुन नसकेको उनको भनाइ थियो।
जसपा नेपाललगायतका दलहरूसँग सहकार्य गरेर समाजवादी मोर्चा बनाइएको र यसलाई गति देने विषयमा छलफल चलिरहेको उनले बताए।
Leave a Reply