जनकपुरधाम- भारतको पहिलो प्रधानमभन्त्री एवं कांग्रेस पार्टीका नेता जवाहरलाल नेहरूले ५२ वर्षअघि अर्थात सन् १९५२ मा लगातार तीनपटक लोकसभा चुनाव जित्ने कीर्तिमान बनाएका थिए।
२०२४ मा सम्पन्न चुनावको नतिजाअनुसार नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बनिरहेका छन्। तर, अघिल्ला दुई चुनाव झैं यसपालि आफ्नै बलमा बहुमतको आँकडासम्म पुग्न सकेका छैनन्।
यो चुनावमा चार सय सिट हासिल गर्ने एनडिए गठबन्धनको दाबी गलत साबित भएको छ। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनको विजययात्रामा ‘इन्डिया’ गठबन्धनले ब्रेक लगाइ दिएको छ।
एक्जिट पोलले गरेको अनुमानजस्तो न भाजपाले प्रर्दशन गर्न सक्यो न एनडिए गठबन्धनले।
यो आम चुनावमा विपक्षी कांग्रेसका साथै अन्य राजनीतिक दलले ‘इन्डिया’ गठबन्धन बनाएर सत्तारुढ भाजपालाई चुनौती दियो। र, एक्टिज पोलले गरेको अनुमानभन्दा राम्रो प्रदर्शन ग¥यो।
लोकसभा चुनावमा प्रमुख मुद्दा ‘भोट फर मोदी वा अगेन्स्ट मोदी’ बन्यो। चुनावपछि आएको परिणामले ‘भोट फर मोदी’ को नारा अपेक्षाअनुसार चल्न नसकेको प्रष्ट भएको छ।
भाजपा अब नीतिश कुमार र चन्द्रबाबु नायडुको सहराले मात्र सत्तामा रहन सक्नेछ।
भाजपाले २४० सिट प्राप्त गरेको छ जबकि सरकार बनाउने २७२ सांसदको समर्थन चाहिन्छ।
एनडिए गठबन्धनले २९२ र विपक्षी ‘इन्डिया’ गठबन्धनले २३४ सिट प्राप्त गरेको छ।
इन्डिया गठबन्धनका सुत्रधार रहेका जनता दल युनाइटेडका अध्यक्ष एवं बिहारका मुख्यमन्त्री नितिश गत जनवरीमा मात्रै एनडिएमा सामेल भएका थिए।
उनले बिहारमा एनडिएसँग मिलेर सरकार बनाएका थिए र लोकसभा चुनावमा इन्डिया गठबन्धनविरूद्ध लडेका थिए।
जनता दल युनाइटेड अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै बिहारमा १२ सिटमा दर्ज हासिल गरेको छ। त्यस्तै भाजपाले पनि १२, एनडिए गठबन्धनमै सामेल एलजेपी (आर) र जितनराम माँझीको पार्टीले एक सिट जितेको छ।
बिहारको ४० मध्ये एनडिएले ३० सिट जित्दा स्वतन्त्र उम्मेदवार पप्पु यादव पुर्णियबाट निर्वाचित भएका छन्।
नितिश र नायडुको भरोसामा सरकार
आन्ध्र प्रदेसका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टी (टिडिपी) ले १६ सिटमा जित हासिल गरेको छ।
लोसकभाका साथै विधानसभासमेत चुनाव भएको आन्ध्र प्रदेसमा टिडिपीले १७५ मध्ये १३५ सिट जितेर भारी बहुमत हासिल गरेको छ। टिडिपी पनि एनडिए गठबन्धनमा सामेल छ।
नितिश र नायडुले केही दिनअघि मोदी सरकारविरूद्ध मोर्चा सुरू गरेका थिए। त्यसैले एनडिए गठबन्धनमा अब दुवै नेताको हैसियत ज्यादै महत्वपूर्ण भइदिएको छ।
सरकार बनाउन मोदीले र भाजपाले अब यी दुई पुराना सहयोगीहरूसँग तालमेल मिलाउन जरूरी हुनेछ।
Leave a Reply