मेक्सिको इतिहासमा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

जनकपुरधाम- ऐतिहासिक जितसँगै क्लोडिआ शेन्बाउम मेक्सिकोमा राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्।

त्यहाँको निर्वाचनसम्बन्धी निकायका अनुसार प्रारम्भिक नतिजाले मेक्सिको सिटीकी ६१ वर्षीया पूर्वमेयरले करिब ६० प्रतिशत मत पाएको देखिएको छ।

त्यो भनेको उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले भन्दा करिब ३० प्रतिशत बढी मत पाएकी हुन्।

राष्ट्रपति निर्वाचित शेन्बाउमले आफ्ना मार्गदर्शक एवं बाहिरिन लागेका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेस ओराडोरलाई अक्टुबर १ तारिखमा विस्थापित गर्नेछिन्।

ऊर्जा वैज्ञानिकसमेत रहेकी शेन्बाउमले निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्।

उनले लोपेस ओराडोरले अगाडि बढाएका विकास कार्यक्रमलाई निरन्तरता दिँदै थप लोककल्याणकारी कार्यक्रमहरू ल्याउने बताएकी छन्।

आफ्नो विजयी भाषणमा उनले मेक्सिकोका चुनावमा यसअघिका राष्ट्रपतिहरूले भन्दा फरक इतिहास कोरेको उल्लेख गरिन्।समर्थकहरूलाई उनले भनिन्,‘गणतन्त्र मेक्सिकोको दुई सय वर्षको इतिहासमा पहिलोपटक म महिला राष्ट्रपति हुनेछु।’

उनले यो उपलब्धि आफ्नो लागि मात्र नभइ सबै महिलाका लागि भएको जिकिर गरिन्।

पराजय स्वीकारेकी आफ्नी निकटतम प्रतिद्वन्द्वी ग्यालेभेजलाई उनले धन्यवाद पनि दिइन्।(बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *