काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र सडक विभागबीच टसल बढेको छ।
न्युरोड क्षेत्रमा सडक र फुटपाथ बनाउने विषयलाई लिएर मेयर साह र विभागबीच टसल बढेको हो।
सडक विभागले निर्माण गरिहेको सडक रोक्न महानगर प्रहरी पुगेपछि न्युरोड क्षेत्र तनावग्रस्त बनेको छ।
काम रोक्न महानगर प्रहरी पुगेपछि न्युरोड क्षेत्रका स्थानीयवासी विरोधमा उत्रिएका छन्।
सडक निर्माणको काम रोक्न पाइँदैन भन्दै उनीहरूले नाराबाजी गरेका थिए।
काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोड सडककै किनारको पीच भत्काएको थियो। महानगरले भत्काएको सडक विभागले बनाउन सुरू गरेको थियो।
महानगरले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि विभागले न्युरोडस्थित सडक कार्यालयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो।
Leave a Reply