स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेको निर्णयविरूद्ध सर्वोच्चमा रिट

 

काठमाडौं- ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रूपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

प्रमेश पौडेल, उज्जवल माइली, इमामुल हक, कृष्ण विक, रवीन्द्र पौडेल, आकाशकुमार भट्ट र राजु परियारले गृहमन्त्री लामिछानेको यो निर्णय खारेजीको माग गर्दै शुक्रबार रिट दायर गरेका हुन्।

उत्प्रेषणको माग गरिएको यो रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।

देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि नभएको र बोलेकै भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेषणको आदेशबाट गृहमन्त्रीको यो निर्देशन खारेज गर्न रिटमा माग गरिएको छ।

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन मादक पदार्थ सेवन गरी सवारी साधन चलाइ ट्राफिक प्रहरीको कारबाहीमा परेकालाई स्वयंसेवकको रूपमा सडकमा खटाउने निर्णय गरेका थिए।

उनको यो निर्देशनलगत्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारी चालकलाई विभिन्न चोक तथा सडकमा स्वयंसेवकका रूपमा खटाएको थियो।

मापसे गरी कारबाहीमा परेकालाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले दिएको निर्देशनको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *