
फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान त्तासमीकरणमा कुनै समस्या नरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा पार्टीका सांसदहरूको जिज्ञासामा उनले यस्तो बताएका हुन्।
सरकार सहज ढंगले अघि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले सत्तासमीकरणमा कुनै समस्या नभएको प्रष्ट पारे।
उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ गएको विषयलाई स्वाभाविक रूपमा लिन सांसदहरूलाई आग्रह गरे।
सत्ता गठबन्धनमा सल्लाह भएरै उनी बूढानीलकण्ठ गएको प्रचण्डको भनाइ थियो।
जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दै सदनमा बजेटमाथिको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन उनले सांसदहरूलाई निर्देशन दिए।
Leave a Reply