जनकपुरधाम- भारतको उत्तरपूर्वी राज्यमा ‘रेमल’ चक्रवातपछि आएको भारी वर्षा र पहिरोमा परेर कम्तीमा ३४ जनाको ज्यान गएको छ।
‘रेमल’ चक्रवातको सबैभन्दा बढी क्षति मिजोरममा भएको हो।
मिजोरमको राजधानी आइजोल आसपास क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोमा परेर बुधबार साँझसम्म २९ जनाको ज्यान गएको छ।
मिजोरम राज्य विपद् प्रशासनले वक्तव्य जारी गर्दै चक्रवातपछि आएको भारी वर्षा र पहिरोमा पुरिएर २९ जनाको मृत्यु भएको र ७ जना अझै वेपत्ता रहेको जनाएको छ।
भारी वर्षा र पहिरोका कारण कूल १२ क्षेत्र प्रभावित रहेको उसले जनाएको छ।
चक्रवातका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको त्यहाँको विपद् प्रशासनले जनाएको छ।
चक्रवाती आँधीका कारण असम, नागालैन्ड र मेघालयमा हावाहुरीका साथै भारी वर्षा भएको छ।
हावाहुरीका कारण बिजुली र इन्टरनेट सेवा प्रभावित भएको छ।
त्यस्तै नागालैन्डमा कम्तीमा दुई जनाको ज्यान गएको बताइएको छ।
Leave a Reply