काठमाडौं- संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।
मंगलबार कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरूले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेस गरेको हो।
प्रधानमन्त्रीसमक्ष पेस भएसँगै सहमतिका बुँदाहरू सार्वजनिक भएका छन्।
कार्यदलमा चारबुँदे सहमति भएको छ।
संसदीय छानबिन समितिको कार्यदेश (टिओआर) मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछाडि हटेपछि कार्यदलमा सहमति जुटेको हो।
‘सहकारी संस्था बचत रकम रूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को म्याद तीन महिना रहनेछ भने समितिमा ७ जना सदस्यहरू रहनेछन्।
सहमतिपत्रमा कानुन न्याय तथा संसदयि मामिलामन्त्री पदम गिरी, सांसदहरू जीवन परियार, महेशकुमार बर्तौला, शिशिर खनाल, हितराज पाण्डे र ज्ञानेन्द्रकुमार कार्कीले हस्ताक्षर गरेका छन्।
कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रह तोकेको छ।
यस्तो छ सहमति :
Leave a Reply