DHKHABAR

All news at one place

राजनीति

संसदीय समितिको ‘टिओआर’ मा आज वा भोलि बिहानसम्म समझदारी बन्छ : प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीको रकम अपचलन छानबिन गर्न बन्ने संसदीय समितिको कार्यदेश (टिओआर) मा चाँडै सहमति जुट्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले सदनमा जारी गतिरोध अन्त्य गर्न केही दिनदेखि आफूलगातार राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेको उल्लेख गरे।

संसदमा जारी गतिरोध अन्त्यका लागि प्रयास भइरहेको उनले जानकारी दिए।

‘संसदको गतिरोध अन्त्य गर्न लगातार प्रयास भइरहेको छ,’ प्रचण्डले भने,‘हामी सहमतिको नजिक पुगेको बेलाबेलामा महसुस पनि भइरहेको छ।’

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्डमै पुगेर आफूले सहमतिको प्रयास गरेको बताए।

‘सभापतिजीको बुढानीलकण्ठस्थित घरमै पुगेर सहमतिको प्रयास गरेको छु, मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझादरी बन्नेछ,’ प्रचण्डले भने।

उनले आफूहरू सहमतिको नजिक रहेको जिकिर गरे।

‘संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइ नै सकेको छ,’ प्रचण्डले भने,‘त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोलि बिहानसम्म समझदारी हुनसक्छ।’

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *