DHKHABAR

All news at one place

राजनीति

विपक्षी दलको अवरोधकाबीच नीति तथा कार्यक्रममाथि छलफल सुरू

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रस्ताव पेस गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठमा संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

कांग्रेसका सांसदहरू वेल घेराउ गरे पनि प्रतिनिधिसभाको कामकारबाही अगाडि बढाइएको छ।

वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन पेस गर्दै भाग लिएका छन्।

केसी र सुवालबाहेक विपक्षी दलका कुनै पनि सांसद नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छैनन्।

सरकारको नीति तथा कार्यक्रममा अधिकांश सत्तापक्षका सांसदहरूले भाग लिएका छन्। उनीहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रशंसा गरेका छन्।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *