सिरोहिया अस्पताल भर्ना

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएको छन्।

नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेर चार दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई गएराति १० बजे अस्पताल भर्ना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ स्वास्थ्यमा समस्यादेखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।

प्रादेशिक अस्पतालमा भएको चेकजाँचका क्रममा मुटुमा र रक्तचापको समस्या देखिएपछि उनलाई जनकपुरधाम–९ स्थित काव्या अस्पताल रेफर गरिएको हो।

जिल्ला अदालत धनुषाले सिरोहियालाई अनुसन्धानका लागि थप तीन हिरासतमा राख्न शुक्रबार पुनः तीन दिनको म्याद थप गरेको थियो।

नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरीले उनलाई गत मंगलबार काठमाडौंको थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेको थियो।

बुधबार जनकपुरधाम ल्याइएका सिरोहियालाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

नागरिकता किर्ते गरेको भनी आफूमाथि लगाइएको आरोप निराधार, कपोकल्पित र प्रतिशोधको भावनाले लगाइएको सिरोहियाले बयान दिएका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *