काठमाडौं- सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार (टिओआर) तय गर्न बिहीबार कार्यदलको बैठक बस्दैछ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा दिउँसो ३ बजे कार्यदलको बैठक बस्न लागेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न भएकाले नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान लिएको छ।
कांग्रेसको यही मागमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छ।
कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन्।
बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीको बचत ठगी, अपचलन, हिनामिना र दुरूपयोग जाँचबुझ गर्न तथा गृहमन्त्रीलाई समेत छानबिनको दायरमा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरेको छ।
Leave a Reply