जनकपुरधाम- कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई तीन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।
जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासले सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।
नागरिकता किर्ते गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई मंगलबार थापाथलीस्थित उनको कार्यकक्षबाटै पक्राउ गरेको थियो।
मंगलबार साँझ पक्राउ परेका उनलाई बुधबार बिहान जनकपुरधाम ल्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेकोमा अदालतले तीनको म्याद दिएको छ।
न्यायाधीश खड्काको इजलासमा करिब चार घन्टा बहस चलेको थियो।
Leave a Reply