सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो करतुत : निधि

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विरोध गरेका छन्।

सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो करतुत रहेको भन्दै निधिले विरोध गरेका हुन्।

उनले जनकपुरमा आफ्नो र सिरोहियाको घर सडकको वारिपारि रहेको तथा उनको पूरै परिवारलाई राम्ररी चिनेको समेत बताएका छन्।

‘कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो करतुत हो, यसको भत्र्सना गर्दछु,’ निधिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारी हो, उनको मातापिता र पूरै परिवारलाई म राम्ररी चिन्दछु। सञ्चार क्षेत्रमा उननको योगदान अद्वितीय छ। तत्काल उनको रिहाइको माग गर्दछु।’

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *