काठमाडौं- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि उनीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पत्ति विवरणमा एभरेष्ट बैंकमा २५ लाख नगद रहेको उल्लेख गरेका छन्।
अन्य सम्पत्ति भने स्वर्गीय श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा उल्लेख छ।
सार्वजनि भएको सम्पत्ति विवरणअनुसार सीता दाहालको नाममा चितवन भरतपुर–१२ मा १ कठ्ठामा घर रहेको छ।
त्यस्तै उनकै नाममा चितवनको भरतपुर महागरपालिका–१४ मा १४ कठ्ठा जग्गा रहेको छ।
उक्त जग्गा पैतृक सम्पत्तिबाट आएको विवरणमा उल्लेख छ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको उल्लेख छ। यसबाहेक उनीसँग सेयर/ऋणपत्र, ऋण लिए/दिएको, सवारी सधान र कृषि तथा पशुधन नरहेको उल्लेख छ।
Leave a Reply