काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
उनले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलका पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
काठमाडौं महानगरपालिका–६ का स्थायी बासिन्दा गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको देखाएका छन्।
त्यस्तै ग्लोबल आइएमइ बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रूपैयाँमात्र मौज्दात रहेको सम्पत्ति विवरणमा उनले देखाएका छन्।
श्रीमती पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गापीकृष्ण सेन्ट्रल कम्पलेक्समा २५ प्रतिशत सेयर रहेको उनले उल्लेख गरेका छन्।
यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।
श्रीमती र आफ्नो आयको बचतबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
Leave a Reply