मधेसमा उपेन्द्रजीसँग हातेमालो गर्ने भनिरहेका छौं : नेपाल

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।

नेपाल समाजवादी प्रेस संगठनले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

आफ्नो पार्टीमा केही समस्या रहे पनि कसैसँग एकता गरेर जाने अवस्था नरहेको उनले बताए।

‘नजाने गाउँको बाटो किन सोध्नु। हामीलाई कसैसँग एकता गर्नु नै छैन,’ नेपालले भने,‘मान नमान, मैं तेरा मेहमानजस्तो हाम्रो पार्टी होइन। पार्टीहरूमा समस्या छ। धेरै बढी अप्ठ्यारो मेरै पार्टीमा छ। तर, कसैसँग एकता गर्ने अवस्था छैन।’

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मधेस प्रदेस सरकारबारे उनले प्रष्ट संकेत दिएनन्।

‘मधेस प्रदेसमा त हाम्रा मन्त्री नै छन्। मधेसमा उपेन्द्रजीसँग हातेमालो गर्ने भनिरहेका छौं। अशोक राईसँग पनि हाम्रा लामो सहकार्य हुँदै आइरहेको छ। के ठेगान फेरि दईटै एकै ठाउँमा आइपुगोस्,’

केन्द्रमा एमाले–माओवादी गठबन्धनको सरकारमा सामेल रहेको एकीकृत समाजवादी मधेस प्रदेसमा भने सरकारबाट अझै बाहिरिएको छैन।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *