काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
कांग्रेसले ९ जेठमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जेठ ९ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको जानकारी दिए।
पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।
सहकारी बचकर्ताको रकम अपचलन प्रकरणबारे छानबिन गर्न कांग्रेसले संसदीय समिति बनाउन माग गर्दै निरन्तर संसद अवरूद्ध पार्दै आएको छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्ना भएको भन्दै कांग्रेसले संसदीय समिति नबनेसम्म संसद चल्न नदिने अडान लिएको छ।
यसैबीच सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलका अवरोधका बीच संसदबाट विश्वासको मत लिएका छन्।
सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको अवरोधलाई नजरअन्दाज गरेर संसदको कार्यबाही अगाडि बढाएको कांग्रेसको आरोप छ।
Leave a Reply