कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राख्दै कांग्रेसले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।

राष्ट्रियसभाको आगामी बैठक आइतबार अपराह्न १ : १५ बजे बोेलाइएको छ।

बैठक सुरू भएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरू आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सदनको कामकारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए।

कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि अध्यक्ष दाहालले बैठक स्थगित भएको जानकारी गराएका थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *