जनकपुरधाम- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
बुधबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य कटौती गरिएको छ।
घटेको मूल्यअनुसार जनकपुर, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६८ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५१ रूपैयाँमा पाइनेछ।
त्यस्तै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७१ तथा मट्टितेल र डिजेल प्रतिलिटर १५४ रूपैयाँमा पाइनेछ।
सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० र डिजेल तथा मट्टितेल प्रतिलिटर १५३ रूपैयाँ निर्धारण गरिएको छ।
Leave a Reply