जनकपुरधाम- इजरायलले युद्धविरामको प्रस्ताव अस्वीकार गर्दै हमासविरूद्ध फेरि हमला सुरू गरेको छ।
इजरायली सेनाले हमासविरूद्ध रफाहमा हमला सुरू गरेको हो।
इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले हमासविरू रफाहको निश्चित स्थानहरूमा हमला सुरू भएको बताएको छ।
रफाहमा ठूलो संख्यामा बसिरहेका शरणार्थीहरूलाई अन्य रातह शिविरमा जान भनिएको छ।
इजरायलले खान युनिसस्थित एक शिविरमा बसिरहेका एक लाख मानिसहरूलाई त्यो स्थान छोडिदिन निर्देशन दिएको छ।
रफाहमा हमला सुरू गरेको इजरायलले युद्धविराम गर्ने हमासको प्रस्तावलाई अस्वीकार गरिदिएको छ।
युद्धविरामबारे कुराकानी गर्न आफ्नो प्रतिनिधमण्डललाई काहिरा पठाउने तयारी गरिरहेको इजरायलले जनाएको छ।
हमासले सहमति जनाएको विषय इजरायलले गरिरहेको मागभन्दा कोसौं टाढा रहेको इजरायलको भनाइ छ।
हमासले इजरायलसामु राखेको प्रस्तावका लागि मिस्र र कतारले मध्यस्थता गरिरहेको थियो।
इजरायली बन्धकलाई रिहा गर्न इजरायलको जेलमा बन्द प्यालेस्टिनी कैदीलाई रिहा गर्नुपर्ने सर्त हमासले राखेको हुनसक्ने अनुमात गरिएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल सरकारी र हमासलाई एक सम्झौतामा सहमतिका लागि अतिरिक्त प्रयास गर्न अपिल गरेका छन्।
उनले रिफाहमा ठूलो स्तरमा भइरहेको हमलाको संकेत हैरानपार्ने रहेको जिकिर गरेका छन्।(बिबिसीबाट)
Leave a Reply