वैधानिक रूपमा फुट्यो जसपा नेपाल, राई नेतृत्वको पार्टीले पायो मान्यता

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल वैधानिक रूपमा फुटेको छ।

निर्वाचन आयोगले आशोक राई नेतृत्वको नयाँ दललाई मान्यता दिएसँगै जसपा नेपालको विभाजनले वैधानिकता पाएको हो।

आयोगले राई नेतृत्वको पार्टीलाई मान्यता दिएको छ। आइतबार बसेको आयुक्तहरूको बैठकले राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दलको मान्यता दिने निर्णय गरेको हो।

राईले आइतबार १२ मध्ये ७ सांसदको हस्ताक्षरसहित आइतबार जसपा नेपालबाट ‘नेपाल’ शब्द हटाएर जसपा दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

राई नेतृत्वको नयाँ पार्टीमा सांसदहरू प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान, सुशीला श्रेष्ठलगायतका रहेका छन्।

यसअघि वन राज्यमन्त्रीसमेत रहेका धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक कार्की पनि राई समूहमा गएको बताइएको थियो।

तर, कार्कीको सचिवालयले सोमबार विज्ञप्ति निकालेर उनी संस्थान पक्षसँगै रहेका प्रष्ट पारेको छ।

जसपाको संस्थापन पक्षले नयाँ दल दर्ताका लागि आयोगमा दर्ता भएको निवेदनलाई ‘अवैधानिक’ भनेको छ।

संस्थान पक्षले निवेदनलाई ‘अवैधानिक’ भनेर दाबी गरिरहँदा निर्वाचन आयोगले भने राई नेतृत्वको नयाँ दल जनता समाजवादी पार्टीलाई मान्यता प्रदान गर्ने निर्णय गरेको हो।

जसपा नेपाल फुटेसँगै यसको वाछिटा उसको प्रभाव क्षेत्र मधेस प्रदेसमा पनि पर्ने आँकलन गरिएको छ।

राईसँगै गएका नेतृ रेणु यादव, सांसदहरू प्रदीप यादव, नवलकिशोर साह सुडीलगायतका नेताहरूको प्रभावमा रहेका प्रदेस सांसदहरू नयाँ दलमा जानसक्ने अनुमान गरिएको छ।

जसपा नेपालका प्रदेस सांसदहरू राई नेतृत्वको नयाँ दलमा गए मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ‘धराप’ मा पर्ने सक्ने जानकारहरूले बताएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *