DHKHABAR

All news at one place

समाचार

विद्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउँदै

जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही आउने भएका छन्।

उनी सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा आउन लागेका हुन्।

बलरा नगरपालिका–८ गडहीया डुमरियास्थित जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रचण्ड सर्लाही आउन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड मध्याह्न हेलिकप्टरमार्फत गडहीया पुग्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संविधानसभा सदस्य शिवपुजन राय यादवले जानकारी दिए।

उनका अनुसार विद्यालयको १२ कोठे नवनिर्मित भवनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन्।

हेटौंडामा आयोजित एक कार्यक्रममा सहभागी भएर प्रचण्डको सर्लाही पुग्ने कार्यक्रम रहेको छ।

नवनिर्मित विद्यालय भवन उदघाटनपश्चात प्रधानमन्त्री प्रचण्डले सोही विद्यालय प्राङ्गणमा नेकपा माओवादी केन्द्रले आयोजना गर्ने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डको आगमनलाई मध्यनजर गरी त्यो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *