जनकपुरधाम- प्रहरीले बाराबाट दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को अन्तिम परीक्षामा दुई जना नक्कली विद्यार्थी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बारा देवलाल गाउाँपालिका–५ बस्ने अन्दाजी ३० वर्षीया किरण साह र सोही ठाउँ बस्ने १७ वर्षीया एक जना रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १७ वर्षीया बालिकाको नाम प्रहरीले गोप्य राखेको छ।
रामराजा बहुमुखी क्याम्पस कलैया केन्द्र ‘ख’ मा अर्काको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरी लेखा विषयको परीक्षा दिइरहेको अवस्थामा बिहीबारउनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूविरूद्ध जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
Leave a Reply