DHKHABAR

All news at one place

समाचार

आज श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

जनकपुरधाम- आज अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

हरेक वर्ष मे १ तारिखका दिन मजदुर दिवस मनाइने गरिन्छ।

स्न १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मजदुर दिवस मनाउने गरिएको हो।

आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो।

बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो।

प्रहरीको गोली लागेर सात जना मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलता हासि ग¥यो।

सन् १९८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस बनाउने निर्णय गरेको थियो।

त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखका दिन श्रमिक दिवस मनाउने गरिन्छ।

विश्वका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिइ आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउने गरेका छन्।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन लागिएको हो।

विसं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा मे १ तारिखका दिन सार्वजनिक बिदा दिन थालियो।

नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघलगायतले विभिन्न कार्यक्रमको आयोजना गरी मजदुर दिवस मनाउने गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिएका छन्।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *