अमेरिकामा प्यालेस्टीनी मामिलामा आन्दोलनरत विद्यार्थीहरू निलम्बन

जनकपुरधाम- अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा खडा गरेको विरोध शिविरहरू नहटाएका कारण विद्यार्थीहरूलाई निलम्बन गर्न थालेको छ।

ती विरोध शिविर हटाउन दिइएको समयसीमालाई सयौं प्रदर्शनकारी विद्यार्थीहरूले अटेर गरेका थिए।

दुई सातादेखि जारी त्यस्ता विरोधका गतिविधि सोमबारसम्म अन्त्य नगरिए अनुशासनको कारबाही गर्ने कलेज अधिकारीहरूले चेतावनी दिएका थिए।

सोमबारको समयसीमा नजिकिँदै गर्दा अध्यापनमा सामेल दर्जनौं कर्मचारीहरूले विद्यार्थीहरूलाई बचाउ गर्न वरिपरि घेरा हालेका थिए।

प्यालेस्टीनीहरूको समर्थनमा विद्यार्थीहरूले अमेरिकाको कैयौं विश्वविद्यालयहरूमा प्रदर्शन गरेका छन्।

टेक्ससमा प्रहरीले अस्टिनस्थित युनिभर्सिटी अफ टेक्ससमा राखिएका विरोध शिविर प्रहरीले हटाइदिएको छ। त्यस्तै प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।

विश्वविद्यालयका अधिकारीहरूका अनुसार प्रदर्शनकारीहरूले खडा गरेका पालहरू हटाउन उनीहरूले गरेको अनुरोधलाई बेवास्ता गरिएको थियो।

यसै महिना प्रहरीले कोलम्बिया विश्विद्यालयमा प्रदर्शनकारीहरूले खडा गरेको शिविर हटाइदिएपछि अमेरिकाभरि प्रदर्शन फैलिएको थियो।(बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *