DHKHABAR

All news at one place

राजनीति

रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

जनकपुरधाम- इलाम क्षेत्र नम्बर २ मा सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ।

निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार सत्तारुढ दल रास्वपाका मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो।

उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको जमानत जफत भएको हो।

इलाम उपनिर्वाचनमा ६८ हजार ४७२ सदर मत खसेको छ। जसको १० प्रतिशत ६ हजार ८४७ हुन्छ।

योभन्दा कम मत ल्याउने राजनीतिक दलका १० र स्वतन्त्र उम्मेदवार ६ जनाको जमानत जफत भएको हो।

चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले ५ हजार ५० मतमात्रै पाएका छन्।

जमानत जफत हुनेमा राप्रपाका लक्ष्मी गुरुङ, नेकपा(एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुुरुङ र राज बस्याललको जमानत जनफत भएको हो।

 

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *