जनकपुरधाम- भारतको छत्तीसगढमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
छत्तीसगढको बेमेतरामा पिकअपले सडकमा रोकिएको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
छत्तीसगढ प्रहरीका अनुसार पिकअपमा सबार ३० जना पारिवारिक कार्यक्रमबाट फर्किइरहेका थिए।
तीव्र गतिमा आइरहेको पिकअपले रोकिएको ट्रकलाई ठक्कर दिएको बताइएको छ।
दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूमा पाँच महिला र तीन बालबालिका रहेको बताइएको छ।
घाइते २२ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
Leave a Reply