DHKHABAR

All news at one place

समाचार

कमला–कञ्चनपुर सडक निर्माणलाई तीव्रता दिन कांग्रेसको माग

जनकपुरधाम- नेपाली कांग्रेस पूर्वपश्चिम राजमार्गअन्तर्गतको निर्माण कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ।

सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै कांग्रेस लहान नगर कार्यसमितिले निर्माण कार्यलाई तीव्रता दिन माग गरेको हो।

कांग्रेस लहान नगर समितिले बिहीबार इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

कमलादेखि सप्तरीको कञ्चनपुरसम्म सडकखण्ड विस्तारमा ढिलाइ हुँदा आवतजावत गर्ने सवारीसाधनका साथै सर्वसाधारणलाई सास्ती खेप्नुपरेको कांग्रेसले बताएको छ।

कांग्रेस लहान नगर सभापति सञ्जयकुमार यादवले चाइना रेल्बे इन्जिनियरिङ कम्पनी–२ ले निर्माण कार्यमा ढिलाइ गर्दा पहिलोपटकको म्याद सकिएर थप एक वर्षको समय दिइएको बताए।

थप एक वर्षको समय सकिन लाग्दासमेत कामले तीव्रता नपाएको उनको भनाइ छ।

सडक खनिएको ठाउँमा पानी छर्कने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता उल्लंघन गरेको सभापति यादवले बताए।

उनले पानी नछर्किँदा अत्याधिक धुलो उड्दा स्थानी बिरामी पर्न थालेको बताए।

सम्झौताअनुसार समयमै काम पूरा गर्न आफूहरूको माग रहेको यादवले बताए।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *