DHKHABAR

All news at one place

समाचार

दुईवटा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु

जनकपुरधाम- बीरगञ्जमा दुईवटा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ।

तीब्र गतिमा रहेका दुईवटा मोटरसाइकल ठोकिँदा बीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सिया बस्ने २५ वर्षीय अर्जुन पटेलको मृत्यु भएको हो।

सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलका चालक पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलको बीरगञ्जस्थित हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ना १८ प ९८१६ नम्बरको मोटरसाइकलमा सबार सिर्सियाकै १५ वर्षीय कन्हैया चर्तुवेदी, २० वर्षीय आकाश पटेल र १५ वर्षीय समा पटेल सामान्य घाइते भएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *