DHKHABAR

All news at one place

समाचार

मध्य तथा पश्चिम तराइमा शुक्रबारसम्म तातो हावा चल्ने

जनकपुरधाम- लगातार दुई दिनभन्दा बढी समय ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिन थालेको भन्दै जलवायु निकायले शुक्रबारसम्म तातो हावाबाट बच्न उच्च सतर्कता अपनाउन चेतावनी जारी गरेको छ।

जल तथा मौसम विज्ञानका मौसमविद रोजन लामिछानेले खासगरी मधेसदेखि पश्चिमतर्फका तराइका भू–भागका मौसम मापन केन्द्रमा त्यस्तो अवस्था देखा परेको बताए।

त्यसबाहेक चुरे, भित्री मधेस र मध्य पहाडी क्षेत्रमासमेत तातो हावा र तातो लहर सिर्जना हुनसक्ने अवस्थाका लागि सतर्क हुन भनिएको उनले बताए।

यस्तो परिस्थितिमा खासगरी दिउँसोको समयमा सजग रहन आवश्यक रहेको उनको भनाइ छ।

मौसमसम्बन्धी अधिकारीहरूले कम्तीमा दुईवटा मापन केन्द्रमा लगातार दुई दिनदेखि ४० डिग्री सेल्सियस तापक्रम देखिँदा त्यस आसपासका क्षेत्रलाई तातो हावाको उच्च सतकर्तता घोषणा गर्ने गरेको बताउँछन्।

पूर्वी तराइबाहेक नेपालभरि सबैजसो तल्लो तटीय भागमा उच्च सतर्कता जारी हुनुलाई त्यसको व्यापक प्रभाव रहेको रूपमा हेरिएको छ।

विज्ञहरूले तातो लहरको असरबाट बच्न सावधानीका उपायहरू अपनाउन सुझाव दिएका छन्।

यस्तो अवस्थामा मुख्य रूपमा शरीरमा पानीको मात्रा कम हुन दिनु नहुने र घरभित्रको शीतल परिवेशमा बस्नुपर्ने बताइन्छ।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *