DHKHABAR

All news at one place

समाचार

माल्दिभ्समा चीनलाई समर्थन गर्ने मइज्जुको दललाई अत्याधिक बहुमत

जनकपुरधाम- माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको दलले अत्याधिक बहुमत प्राप्त गरेको छ।

९३ सदस्यीय संसदमा मुइज्जुको पिपल्स कांग्रेस (पिएनसी) ले ६६ स्थानमा जित हासिल गरेका प्रारम्भि नतिजामा देखिएको छ।

पिएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकहरूले चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन्।

धेरैले मुइज्जुलाई चीन पक्षधर मान्छन्। उनी माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउन चाहन्छन्।

स्थानीय सञ्चारमाध्यले पिएनसीको उपलब्धिलाई अत्यधिक बहुमतको संज्ञा दिएका छन्।

यद्यपि निर्वाचनको परिणाम केही दिनपछि औपचारिक रूपमा घोषणा हुनेछ।

देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पिएनसीले संसदमा दुईतिहाइ बहुमत पाएको हो।

गत वर्षको अन्त्यतिर मुइज्जु सत्तामा आएका थिए।

माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले केवल १५ सिट पाएको छ। आइतबार मतदान हुनुअघिसम्म संसदमा यो दल बहुमतमा थियो।

मइज्जुले माल्दिभ्सका तत्कालीन सरकारले अङ्गिकार गरेको पहिला भारत भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित अभियान चलाएका थिए।

राष्ट्रपति भएपछि उनी अझै भारत भ्रमणमा गएका छैनन्।

भारतको प्रभाव घटाउन भन्दै मइज्जुले माल्दिभ्समा रहेका सबै भारतीय सैनिकलाई फिर्ता पठाउने उद्घोष गरेका थिए।

उद्धार र निगरानीका लागि प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा विमान मर्मत र सञ्चालन गर्न माल्दिभ्समा ८५ करोड भारतीय सैनिक थिए।

केही वर्षअघि भारतले ती हेलिकप्टर र विमान माल्दिभ्सलाई दिएको थियो।

भारतीय सैननका दुईवटा टोली माल्दिभ्सबाट फर्किसकेका छन्।

तिनको ठाउँमा भारतले निजामति प्राविधिकहरूलाई पठाएको छ।

बाँकी सैनिकहरू मे १० मा फर्किने ठानिएको छ।

भारतीय सैन्य टोलीलाई फिर्ता पठाउने मुइज्जुको निर्णका कारण भारत र माल्दिभ्सको सम्बन्ध चिसिएको छ।

चीनले यसबाट फाइदा लिन खोजेको देखिन्छ।

मुइज्जु गत जनवरीमा चीन भ्रमणमा गएका थिए। त्यहाँ उनले चिनियाँ लगानी मित्र्याउने विषयमा विभिन्न सहमतिमा हस्ताक्षर गरे।

माल्दिभ्सले निःशुल्क गैरघातक हतियार प्राप्त गर्न र सुरक्षा बललाई तालिम दिलाउन मार्च महिनामा चीनसँग सैन्य सहयोगसम्बन्धी एउटा सहमतिमा हस्ताक्ष्र गरेको थियो।

यसअघि भारत र अमेरिकाले माल्दिभ्सका सैन्य बललाई तालिम दिएका थिए।(बिबिसीबाट)

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *