DHKHABAR

All news at one place

समाचार

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको ‘राष्ट्रिय गौरव’ सम्मान

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरेको छ।

सोमबार नेकपाको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवं पूर्वपार्टी उपाध्यक्ष भण्डारीलाई एमालेले ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरेको हो।

समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान गरे।

ललितपुरको गोदाबरीमा बसेको पार्टी महाधिवेशन प्रतिनिधि परिषद बैठकबाट भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदक प्रदान गर्ने निर्णय गरेको थियो।

लोकतान्त्रिक आन्दोलनका साथै कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान र राष्ट्रपति रहँदा महत्वपूर्ण ढंगले भूमिका खेलेकाले उनलाई यो सम्मान प्रदान गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

सम्मान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति थियो।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *