DHKHABAR

All news at one place

समाचार

कतारका अमिरको सम्मानमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठकले कतारकारका अमिरले यही मंगलबारदेखि गर्न लागेको नेपालको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ।

विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको शर्माले बताइन्।

बैठकले अर्थसचिवमा मधुकुमार मरासिनी र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरेको छ।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *